पाल्पा, साउन २९
रिभर भ्याली सेकेण्डरी बोर्डिङ स्कुलको बस बगनासकाली गाउँपालिका–१, पिप्लेमा दुर्घटना हुँदा चार विद्यार्थी घाईते भएका छन् । विद्यार्थी लिएर विद्यालयतर्फ जाँदैै गरेको लु १ ख १५५८ नम्बरको बस पिप्लेको ओरालोमा ब्रेक फेल भएर दुर्घटनामा परेको हो ।
बसमा २७ जना विद्यार्थी रहेका थिए । घाईते सबै विद्यार्थीहरु खतरामुक्त रहेको विद्यालयका प्रिन्सिपल मीनप्रसाद बन्जाडेले बताए । घाइतेहरुको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भैरहेको छ ।