SHARE MARKET for beginners Full Series "Click Here": /watch/5EQWtULO2j45y_J9ktTDOBHBO0gMEqz_LP=tsil&gwvgjLxzSMqzW
Hello and welcome to our channel GYANmandu.
MORE FROM GYANMANDU
Connect With Our Facebook Group : https://www.facebook.com/groups/581595952538802
SHARE MARKET for beginners : /watch/5EQWtULO2j45y_J9ktTDOBHBO0gMEqz_LP=tsil&gwvgjLxzSMqzW
In detailed about book close and price adjustment[part-3] :/watch/kb4Ru1U2Q7W2R
IPO ANALYSIS : /watch/PYeGObCaSTw2soERCmgDsAHBO0gMEqz_LP=tsil&ACU7hCTq3KBqG
In this video I gave you information about the diffrence between right share, bonus share and cash divident.
This video gives you full idea about dividend or right share and bonus share of any listed companies of nepse.
Watch this video till the end and Do tell us your Feedback regarding our videos. Also don't forget to subscribe to our channel and hit that bell icon for regular updates.
बोनस शेयर के हो ?
कम्पनीको चुक्ता पूँजी वृद्धिका लागि आफ्ना शेयरधनीहरुलाई बिना कुनै मूल्य वितरण गरिने शेयरलाई बोनस शेयर भनिन्छ। यस्तो शेयर कम्पनीको मुनाफा, वितरण योग्य मुनाफा, जगेडा कोष आदिको रकमबाट दिईन्छ।
कम्पनीको मुनाफाबाट भएको बचत वा जगेडा कोषलाई पुँजीकरण गरी शेयरधनीहरुलाई अतिरिक्त शेयरको रूपमा जारी गरिएको शेयर नै बोनस शेयर हो।
बोनस शेयर सामान्यतया लगानीकर्तासँग भएको शेयर संख्याको आधारमा वितरण गरिन्छ। जस्तैः लगानीकर्तासँग कुनै कम्पनीको पाँच सय कित्ता शेयर छ। उक्त कम्पनीले एक बराबर एक अनुपातमा अर्थात् शतप्रतिशत बोनस शेयर वितरण गर्छ भने अब लगानीकर्तासँग पाँच सय कित्ता बोनस थपिएर १ हजार कित्ता शेयर पुग्नेछ। यदि उक्त कम्पनीको शेयर मूल्य ३०० रुपैयाँ छ भने बोनस शेयर जारीपछि उक्त कम्पनीको शेयर मूल्य घटेर १५० रुपैयाँ हुन आउँछ।
हकप्रद शेयर के हो?
सर्वसाधारणलाई साधारण शेयर (आईपिओ) निष्काशन गरिसकेका कम्पनीहरुले पुनः निष्काशन गरिने शेयरमा विद्यमान शेयरवालाहरुको पहिलो हक हुने शेयरलाई हकप्रद शेयर भनिन्छ।
कम्पनीले पूँजी वृद्धि गर्न आफ्ना विद्यमान शेयरधनीले मात्र खरिद गर्न सक्ने गरी हकप्रद निष्काशन गरेको हुन्छ। जुन हकप्रद शेयर खरिद गर्न लगानीकर्ताले तोकिएको दरमा मूल्य तिर्नुपर्ने हुन्छ । साधारणतया कम्पनीहरुले एक सय रुपैयाँको दरमा हकप्रद शेयर निष्काशन गर्छन्। हकप्रद कम्पनीको चुक्ता पूँजीको अनुपात वा प्रतिशतमा जारी गरिएको हुन्छ।
उदाहरणका लागि कुनै एउटा कम्पनीको चुक्ता पूँजी एक अर्ब छ र उक्त कम्पनीले उक्त चुक्ता पूँजीको एक बराबर एकको अनुपातमा हकप्रद निष्काशन गर्छ भने त्यसलाई शतप्रतिशत हकप्रद शेयर निष्काशन भन्ने बुझिन्छ। अर्थात्, कुनै कम्पनीको एक सय कित्ता शेयर हुनेले उक्त कम्पनीबाट थप एक सय कित्ता हकप्रद शेयर खरिद गर्न सक्नेछन्। कम्पनीले जारी गर्ने हकप्रद शेयर उक्त कम्पनीको बजार मूल्यभन्दा कम मूल्यमा विक्री गरिन्छ। साधारणतया कम्पनीहरुले एक सय रुपैयाँको दरमा हकप्रद शेयर निष्काशन गर्छन् । यहाँ उक्त कम्पनीको बजार मूल्य प्रतिकित्ता ९६० रुपैयाँमा छ भने हकप्रद शेयरपछि सो कम्पनीको समायोजित मूल्य ५३० हुन आउँछ ।
नगद लाभांश के हो?
कम्पनीले आर्जन गरेको नाफाबाट आफ्ना शेयरधनीहरुलाई नगदमा दिइने प्रतिफललाई नगद लाभांश भनिन्छ।
बोनस बापत प्राप्त शेयरबाट कम्पनीको चुक्ता पूँजी वृद्धि हुन्छ भने नगद लाभांश सिधै शेयरधनीको बैंक खातामा जम्मा हुन्छ।
बोनस र हकप्रद बीच फरक
हकप्रद शेयरमा शेयर तुलनात्मक रुपमा सस्तोमा शेयर जारी गरिन्छ, यद्यपी बोनस शेयर कम्पनीका शेयरधनीहरुलाई बिना शुल्क शेयर संख्याका आधारमा वितरण गरिन्छ ।
हकप्रद र बोनस शेयर जारी गर्ने कम्पनीको शेयर बुक क्लोज भएसँगै स्टक एक्सचेञ्जमा समायोजित हुन्छ ।
यसैगरी हाल कायम शेयरधनीहरुले हकप्रद शेयर किन्नैपर्छ भन्ने जरुरी छैन। हकप्रद शेयर तुलनात्मक रुपमा बजार मूल्यभन्दा सस्तो हुने भएपनि यसमा लगानीकर्ताको लागि भन्दा पनि कम्पनी आफूलाई पूँजी बढाउनका लागि गरिएको हुन्छ, यसमा लगानीकर्ताले आफ्नो थप पूँजी लगानी गर्नुपर्ने हुन्छ।
तर, बोनस शेयर शेयरधनीले निःशुल्क अर्थात् आफ्नो शेयरको मात्रा अनुसार निश्चित दरमा पाइने हुदाँ लगानीकर्ताका लागि बोनस शेयर राम्रो हुने विश्लेषकहरुको भनाई छ।
#GYANmandu#RIGHT_SHARE#BONUS_SHARE
#DIVIDENT#NEPAL_SHARE_MARKET
#nepal_share_market
THIS VIDEO INCLUDES FOLLOWING THINGS
share market in nepal
share market of nepal
share bazar nepali paisa
nepali share market analysis
nepali share market news
nepali share bazar news
nepali share market training
nepali share market app
stock and share market in Nepal
nepal share market news
nepal stock exchange market depth
today's share price nepal stock market
how to invest in nepal share market
nepal share market discussion forum
nepal share market today
nepal share market latest news
how to invest in nepal share market
nepse online trading